सिटी द्धारा आर्सनल सहजै पराजित

डिसी नेपाल
४ असार २०७७ ९:२८

काठमाडौं । कोरोना महामारीले गर्दा तीन महिना रोकिएको विश्वकै चर्चित फुटबल लिग प्रिमियर लिग बुधबारदेखि पुनः सुरु भएको छ । गत मार्च १० मा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएयता प्रिमियर लिग स्थगित भएको थियो ।

बुधबार म्यानचेस्टर सिटीको घरेलु मैदानमा खाली रंगशालामा भएको खेलमा सिटीले आर्सनलमाथि ३–० सहज जित हात पारेको छ । सिटीका रहिम स्ट्रलिङले पहिलो गोल गरे ।

पहिले हाफमा एक गोलले पछाडि परेको आर्सनललाई दोस्रो हाफको सुरुवातमै झडका लाग्यो । डिफेन्डर डेविड लुइजले विपक्षीलाई फल गरेपछि सोझै रातोकार्ड पाउँदै मैदानबाट बाहिरीए । जसका कारण सिटीले ५१ औं मिनेटमा पेनाल्टीबाट अन्तर २–० पुर्यायो । त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा सिटीले तेस्रो गोल थप्यो । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नबौं स्थानका आर्सनलको ४० अंक छ ।

बुधबार भएको एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेल गोलरहित बराबरीमा टुङिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *