भारतबाट फर्किएका थप ३२ जनामा कोरोना पुष्टि, गण्डकीमा आजमात्रै थपिए ७४ संक्रमित
काठमाडौँ । नेपालमा आज फेरि ३२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशका ५ जिल्लामा आज थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आज बिहानै पनि गण्डकीका ४ जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको थियो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ । अहिले थपिएका नयाँ संक्रमितहरु सबै भारतबाट फर्किएर आ-आफ्नो स्थानीय तहको क्वारिन्टिनमा बस्दै आएका आएका थिए ।
भर्खरै संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ९ जना, पर्वतमा ६ जना, तनहुँमा ३ जना, नवलपरासीमा १३ जना, र बागलुङमा १ जना गरी ५ जिल्लामा ३२ जना रहेका छन् ।
यसअघि आज बिहान पूर्वी नवलपरासी (सुस्ता पर्व) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको थियाे । मनाङमा पनि कोरोना पोजेटिभ देखिएसँगै गण्डकीका ११ जिल्लामध्ये कोरोना संक्रमण १० जिल्लामा फैलिएको छ।
Facebook Comment