महिला क्रिकेटरद्वारा झुण्डिएर आत्महत्या

काठमाडौं । बुधवार भारतको त्रिपुरा क्रिकेटका १६ बर्षीय अण्डर १९ महिला क्रिकेटर अयन्ती रियाङले झुण्डेर आत्महत्या गरेकी छिन। स्थानीय संचार माध्यमका अनुसार आत्महत्याको कारण खुल्न सकेको छैन । घटना स्थलमा कुनैपनी सुसाईड नोट नभेटेका कारण घटना रहस्यमय रहेको जनाईएको छ ।
रियाङ जनजातिबाट प्रतिनिधत्व गरेको आइन्तीको परिवार राजधानी अगरतलाबाट करीव ९० किलोमिटर टाढा उदयपुरको तेनी गाउँमा बस्छन्। उनी ४ भाइबहिनीमध्ये सबैभन्दा कान्छी थिइन।
उनले राज्यको लागि अण्डर–२३ टि २० प्रतियोगितामा खेलेकी थिईन। त्रिपुरा क्रिकेट संघका सचिव तिमुरा चंदाले अयन्तीको मृत्युमा शोक व्यक्त गर्दै भने, “राज्यले एक होनहार र प्रतिभाशाली खेलाडी गुमाएको छ। यो समाचारले हामीलाई गहिरो चोट तुल्याएको छ। मानसिक र शारीरिक हिसाबले उनी ठीक थिईन ।”
तिमिर चन्दाले भने, “लकडाउनको समयमा हामीले अनलाइन कक्षा पनि राखेका थियौं। यद्यपि उनको परिवारक समस्याको बारेमा हामीलाई धेरै जानकारी छैन।”
Facebook Comment