भारत–चीन तनावबारे रुसले के भन्यो ?
काठमाडौं। पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच हिंस्रक झडप भएकोप्रति रुसले चिन्ता व्यक्त गरेको छ । साथमा उसले भारत र चीन मिलेर विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । रुसले भारत र चीन दुवै उसका नजिकका साथी भएको उल्लेख गर्दै भारत चीन सीमामा भइरहेका घटनाप्रति रुसको सूक्षम नजर रहेको बताएको छ ।
बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले एक वक्तव्य जारी गर्दै भारत र चीनका सेनाबीचको यो झडप डरलाग्दो भएको बताएका छन् । भविष्यमा यस्ता घटनाहरु रोक्न र क्षेत्रमा स्थिरता सुनिश्चित गर्नको लागि आवश्यक कदम चाल्न दुवै देश सक्षम भएको उनले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment