मास्क लगाउन नमान्ने यात्रुलाई विमानबाट निकालियो

डिसी नेपाल
४ असार २०७७ १४:०६

वाशिङटन। विमानमा यात्रा गर्ने क्रममा मास्क लगाउन नमान्ने एक यात्रुलाई अमेरिकाको एक एयरलाइन्सले विमानबाट निकालिदिएको छ । एयरलाइन्सले कडा सुरक्षाका उपाय अपनाएका बेला ती यात्रुले मास्क लगाउन मानेका थिएनन् । एयरलाइन्सले एक वक्तव्यमा एयरलाइन्सको मास्क लगाउनुपर्ने नीति नमानेका कारण न्यूयोर्कबाट डल्लास जान लागेका यात्रु ब्रेण्डन स्ट्राकालाई विमानबाट उतारिएको जनाएको छ ।

सीएनएनका अनुसार अमेरिकामा एयरलाइन्सले मास्क लगाउने सम्बन्धमा कडा नियम लागू गरेपछि यो यस किसिमको पहिलो घटना हो । विमानमा अनुहार ढाक्ने कानुन नै भने छैन तर एयरलाइन्सहरुले विमानमा क्रु र यात्रुहरुले मास्क लगाउनुपर्ने आफ्नै नियम बनाएका छन् । अमेरिकन एयरलाइन्सका अनुसार यो घटना न्यूयोर्कको ला ग्वार्डियाबाट डल्लासको फोर्ट वर्थ जाने उडान १२६३ मा चढेका स्टकाले मास्क लगाउन अस्वीकार गरेका थिए ।

‘उनले क्रु सदस्यले दिएको निर्देशनहरु पालना गर्न अस्वीकार गरेपछि हाम्रो टिमका सदस्यले उनलाई विमानबाट उत्रन भने । उनी उत्रिए त्यसपछि विमान केही मिनेट ढिलो गरेर दिउँसो १२ बजेर ३४ मिनेटमा उड्यो’ एयरलाइन्सले एक वक्तव्यमा जनाएको छ । एयरलाइन्सका अनुसार स्ट्राकाले पछि मास्क लगाउनेसहितका एयरलाइन्सका नियम पालना गर्न स्वीकार गरेपछि उनलाई अर्को विमानमा टिकट बुक गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *