मलेसियाबाट पहिलो चार्टर फ्लाईट, करिब डेढ सय नेपाली फर्कदै

डिसी नेपाल
४ असार २०७७ १५:००

क्वालालम्पुर । मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्राथमिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।

मलेसियाबाट स्वदेश फर्कने लिस्टमा परेका करिब ७ हजार नेपालीमध्ये आज हिमालय एयरलाइन्सबाट १ सय ५२ नेपाली स्वदेश फर्कन लागेका हुन ।

मलेसियाका लागि हिमाल एयरलाइन्स कन्ट्रिम्यानेजर सुनिल दाहालका अनुसार १ सय ५२ जना नेपालीले प्रस्थान गरेको (चेकइन) गरेको र सबैको ईमिग्रेसन चेकिङमा कुनै समस्या नभए सबै स्वदेश फर्कन पाए भने १ सय ५२ नेपाली क्वालालम्पुर विमान स्थल मलेसियाबाट काठमाडौं आउने उनले बताए ।

मलेसियाबाट जुन १८ तारिखमा हिमालय एयरलाइन्स जुन २० तारिखमा नेपाल एयरलाइन्स र जुन २१ तारिखमा पुनः हिमालय एयरलाइन्सले चार्टर उडान गर्दैछन् । सो तालिकाअनुसार बिहीबार १ सष ५२ जना नेपाल फर्कन लागेका हुन ।

आज स्वदेश फर्कने नेपालीहरुले सरकारले तोकेअनुसारको आरएम १५ सय ९० हवाई भाडा तिरेर स्वदेश फर्कन लागेका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *