वर्षात्ले तीन गाउँपालिका प्रभावित

डिसी नेपाल
४ असार २०७७ १६:१९

भक्तपुर । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती प्रवेश गर्ने सडक तीन दिनदेखि अवरुद्ध हुनपुगेको छ ।

यहाँका किसानले उत्पादन गरेका दूध र तरकारी घरघर र खेतबारी रहेको वडा नं ५ इकुडोलका वडाध्यक्ष साजनदर्लामी मगरले बताए। उनले भने, “हिजोको अविरल वर्षाले पहिरो गई यसै वडाको सानोचिल्ला भन्ने स्थानका केशव तिमल्सिनाको घर पहिरोले पुरिएको छ । पहिराले घर पुरिँदा दुई मानिस भाग्न सफल भइ सकुशल छन् ।” सो वडाको बेसरी बस्तीका २० घरपरिवार जोखिममा परेको जनाइएको छ । उनले भने, “यस वडाबाट हप्ताको तीन ट्रक तरकारी र दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन भएर बजार जाने गथ्र्यो, सो अहिले त्यसै रहन बाध्य छ ।”

महाँकाल गाउँपालिका वडा नं ३ गोटिखेलका दुई घर र वडा नं ४ कालेश्वरको एक गरी तीन घर जोखिममा परेको निवेदन गाउँपालिकामा आएको अध्यक्ष रामचन्द्र दाहालले बताए। उनले भने, “यहाँका बढीजसो सडक पहिरोले अवरुद्ध हुँदा बजार आउनुपर्ने सम्पूर्ण सामग्री त्यसै रहन बाध्य भएका छन् ।”

कोञ्ज्योसोमको वडा नं २ शङ्खु र वडा नं ३ दलचोकीमा वर्षाले समस्या पारिरहेको गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताए । उनले भने, “शङ्खु कृषि र पशुपालनको पकेट क्षेत्र रहँदा दैनिक यहाँबाट बजार जाने रु सात लाख बराबरको दूध र तीन गाडी तरकारीलाई किसान त्यसै घरमा राख्न बाध्य भएका छन् ।”

यसैगरी गत जेठ १३ गते आएको ठूलो हावाहुरीले महाँकाल र वाग्मतीमा क्षति पु¥याएको थियो । महाँकालको वडा नं ६ ठूलादुलुङमा मात्र ९० प्रतिशत रु ४० लाख बराबरको अन्न र मकैबाली, रु दुई लाख बराबराको केराखेती र ३० तरकारीका टनेल पूर्णरूपमा नोक्सान भएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी गराएका थिए । वाग्मतीको वडा नं ७ गिम्दीमा पनि हावाहुरीले क्षति पु¥याउँदा ७० प्रतिशत मकैबाली नष्ट भएको थियो । वाग्मतीमै फौजी किराको प्रकोपले वडा नं १ घुसेल, २ माल्टा, ४ प्युटार र ६ आश्राङको मकैबालीमा असर पारेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *