अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक हजार लिटर डिजलसहित चालक पक्राउ
पर्सा । अवैध रुपमा भारततर्फ लैजादैँ गरेको एक हजार लिटर डिजलसहित एक जना पक्राउ परेका छन्। ना.१ त ४५४३ नम्बरको ट्याक्टरमा अवैध डिजल भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्याक्टरका चालक छिपहरमाई गाउँपालिका–५ बस्ने २३ वर्षीय सन्तोष पटेललाई छिपहरमाई गाउँपालिका(३ जयमंगलापुरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
अवैध रुपमा नेपालबाट भारततर्फ डिजल लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले करिब ३ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको उक्त डिजल र ट्याक्टर सहित ट्याक्टरचालक पटेललाई पक्राउ गरेको हो ।
बरामद डिजल, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment