‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक’ पेश

डिसी नेपाल
४ असार २०७७ १९:५७

काठमाडौं । प्रतिनिधिसभाको आजको वैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७६’ लाई दफाबार छलफलका लागि संसदीय समितिमा पठाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०७७” पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पेश गरेका हुन् ।

त्यसअघि सांसदद्वय राजेन्द्रकुमार केसी र प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले “निकासी पैठारी (नियमन) विधेयक, २०७६” र “प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६” पेश गरे ।

त्यसअघि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *