२० जना भारतीय सैनिक मारिने गरिएको झडप प्रयोग भएका लाठीमा फलामका किला
नयाँ दिल्ली (एजेन्सी) । गएको सोमवार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।
भारत र चीनबीच हतियार प्रयोग नगर्ने सम्झौता भएका कारण गोली चलेको थिएन। लाठी भने घातक थिए। लद्दाखमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए।
गलवान उपत्यकामा भएको उक्त भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो।
उक्त भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अतिक्रमण गरेको आरोप लगाएका छन्।
त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अङ्कन गरिएको छैन र स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ।
Facebook Comment