भारत–चीन विवादका बीच के गर्न खोज्दैछ अमेरिका ? चीनसँग ७ घण्टा लामो बैठक

डिसी नेपाल
५ असार २०७७ १२:४९

काठमाडौं। गलवान उपत्यकामा भारत र चीनका सैनिकहरुबीच सोमबार राती भएको हिंस्रक झडपबारे अमेरिकाले पहिलो पटक आधिकारिक प्रतिक्रिया दिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

माइक पोम्पियोले लेखेका छन् ‘हामी चीनसँग भएको हालैको संघर्षको कारणले भएका मृत्युको लागि भारतका जनताहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । हामी यी सैनिकका परिवार, उनका आत्मीयजन र समुदायको स्मरण गर्नेछौं । यस्तो समयमा जब उनीहरु शोक मनाइरहेका छन् ।’

यद्यपि यही समय अमेरिका चीनसँग आफ्नो बिग्रिएको सम्बनध सुधार गर्न पनि जुटेको छ । भारत–चीन तनाव बढेकै बेला बुधबार हवाइमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनका शीर्ष कूटनीतिज्ञ यांग यिचीसँग सात घण्टा बैठक गरे । दुवैले डिनरमा भेटेका थिए र ७ घण्टासम्म कुराकानी गरेको बीबीसीले लेखेको छ ।

पर्यवेक्षकहरुले सम्बन्धमा सबै कुरा ठिक नभए पनि भारी तनावको माहोल केही हल्का हुन सक्ने र कुनै बीचको बाटो निस्किन सक्ने बताएका छन् । दुई देशबीच भएको यो बैठकलाई अमेरिका र चीन तनाव बढ्न दिन चाहँदैनने भन्ने अर्थमा लिइएको छ । चीनले पनि यो छलफललाई रचनात्मक भनेको छ ।

यांगले अमेरिकालाई हङकङ, ताइवान र शिनजियांग आफ्नो आन्तरिक मामिला भएकोले यसमा दखल नदिन भनेका छन् । पोम्पियोले पनि चीनलाई कोभिड–१९ महामारीका विषयमा सुचना साझा गर्ने मामिलामा पारदर्शिता देखाउन भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *