विश्वकप फाईनलमा म्याच फिक्सिङको आरोप लागेपछि श्रीलंका सरकारद्वारा जाँच सुरु

काठमाडौं । श्रीलंकाका खेलकुद मन्त्री डल्लास अलाहाप्पेरूमाले विश्वकप २०११ को फाइनलमा म्याच फिक्सिङ भएको आरोप लागेपछि जाँच सुरु गर्न आदेश दिएका छन्। उनले श्रीलंकाले विश्वकप फाईनलमा भारत संग पराजय ब्योहोरेपछि पूर्व खेलकुद मन्त्री महिन्दानन्द अलुथगामेले सो खेलमा म्याच फिक्सिङ भएको आरोप लगाएपछि जाँच गर्न आदेश दिएका हुन । खेलकुद मन्त्रीले जाँचको आदेश संगै हरेक दुई हप्तामा जाँचको प्रगति विवरण पनि बुझाउन आदेश दिएका छन ।
खेलकुद मन्त्रीको निर्देशनमा खेल सचिव के रवाउनचन्द्रले शनिबार मन्त्रालयको अनुसन्धान टोली समक्ष उजुरी गरेका थिए। पूर्व खेलकुद मन्त्री अलुथगामेगेले आरोप लगाएका छन कि उनको टिमले भारत लाई सो खेल बेचेका थिए । पूर्व कप्तान कुमार संगकारा र महेला जयवर्धनेले यो आरोप अस्वीकार गर्दै प्रमाण माग गरेका छन्।
एक स्थानीय टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अलुथगामेले फाइनलमा फिक्सिङ भएको आरोप लगाएका छन । त्यस बखतको खेलकुद मन्त्री रहेका अलुथगामे भने, “हामीले २०११ वर्ल्ड कप बेच्यौं। जब म खेल मंत्री थिएँ, मैले त्यस बखत पनि यो कुरा उठाएको थिए ।”
हालको कामचलाउ सरकारमा ऊर्जा मन्त्री रहेका अलुथगामेले भने, “म यो घोषणा गर्न चाहन्न। मलाई याद छैन कि त्यो २०११ वा २०१२ हो। तर हामीले त्यो खेल जित्नु पर्ने थियो । उनले भने, म जिम्मेवार भई बताइरहेको छु कि मैले महसुस गरे कि त्यो म्याच फिक्सि हो। म यस बारेमा तर्क गर्न सक्छु, मलाई थाहा छ कि मानिसहरू यस बारे चिन्तित छन्।”
श्रीलंकाका पूर्व कप्तान संगकाराले उनलाई भ्रष्टाचार अनुसन्धानको लागि प्रमाण दिन आग्रह गरेका छन । उक्त खेलमा सतक बनाएका जयवर्धने ट्वीट गर्दै भने, “चुनाव नजिकै आएको जस्तो लाग्यो, त्यसकारण सर्कस सुरु भएको छ। आरोपीहरुको नाम र प्रमाण प्रस्तुत गर्नुहोस्।”
तीन वर्ष अघि श्रीलंकाका पूर्व कप्तान तथा कमेन्टेटर अर्जुन रणतुंगाले पनि २०११ विश्वकपको फाइनलमा टिमले ब्योहोरेको पराजयको बारेमा शङका व्यक्त गरेका थिए। उनले भने, “जब हामी पराजित भयौ, म अत्यन्तै दुखी भएँ र मलाई शंका लाग्यो, २०११ को विश्वकपको फाइनलमा श्रीलंका टीम किन पराजित भयो भनेर ? यसको लागी अनुसन्धान गर्न आवश्यक छ। म अहिल्यै सबैकुरा खोल्न सक्दिन, तर एक दिन अवश्य बताउनेछु।” रणतुंगाले २०११ को फाइनल म्याचको दिन वानखेडे स्टेडियममा कमेन्ट्रि गरेका थिए।
Facebook Comment