पूरै गलवान उपत्यका आफ्नो भएको चीनकाे दाबी, भारतले उक्साएको आरोप

डिसी नेपाल
६ असार २०७७ १०:४३

बीबीसी। भारतपछि चीनले पनि आफ्नो हिरासतमा कोही पनि भारतीय नभएको बताएको छ। चीनले के पनि प्रष्ट पारेको छ भने सम्पूर्ण गलवान उपत्यका आफ्नो अधिकार क्षेत्र भित्र पर्छ।

चिनियाँ विदेश मन्त्रालयको दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने, ‘मलाइ थाहा छ, अहिलेसम्म चिनियाँ हिरासतमा कुनै पनि भारतीय सैनिक छैनन्।’

यद्यपि उनले भारतीय सैनिकलाई पक्राउ गरेको विषयमा पुष्टि गरेनन्। भारतीय मिडिया रिपोर्टमा भने चीनले १५–१६ जुनको राति भएको हिंसात्मक झडपपछि भारतका चार अधिकृत र ६ जवान नियन्त्रणमा लिएको र उनीहरुलाई बिहीबार साँझ छोडेको जनाइएको थियो। यो हिंसात्मक झडमा एक जना कर्नेलसहित २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

चीनको विदेश मन्त्रालयका प्रवक्तालाई भारतमा चीने बिरूद्ध भइरहेका प्रदर्शन र चीनको सामान गर्न अपिलका विषयमा सोधिएको प्रश्नमा उनले गलवान उपत्यकामा भएको सम्पूर्ण घटनामा भारत जिम्मेवार रहेको बताए।

उनले भने–दुवै ड्यासले सैन्य र कूटनीतिक माध्यमबाट वार्ता गरिरहेका छन् र तनाव कम गर्ने कुरामा जोड दिएका छन।’उनले अगाडि भने, ‘चीनले भारतसँगको सम्बन्धलाई महत्व दिन्छ र आशा छ कि भारतले चीनसँग मिलेर दूरगामी विकासका लागि द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्नेछ।’

सम्पूर्ण गलवान उपत्यका चीन–भारतको सीमाको पश्चिमी सेक्शनमा लाइन अफ एक्चुअल कन्ट्रोल चीनतर्फ छ। कयौं वर्षदेखि चीनका सैनिक यो क्षेत्रमा गस्ती गर्दै आएका छन्।

यस वर्षको अप्रिलदेखि यता वास्तविक नियन्त्रण रेखाको गलवान उपत्यकामा भारतीय सेनाले एकतर्फी सडक, पुल र अन्य ठिकानाहरू निर्माण गरिसकेको छ।
चीनले धेरै पटक निर्माण कार्य नगर्न भारतलाई आग्रह गर्दा पनि नमानी एलएसी पार गरेको चीनले आरोप लगाउँदै आएको छ।

६ मे बिहान भारतीय सेनाले एलएसी पार गर्ने सिमानामा तैनाथ भारतीय सेना राति एलएसीलाई चिनियाँ इलाकामा प्रवेश गरेका थिए। उनीहरुले ब्यारीकेड लगाए र किल्लाहरू बनाए जसले सीमानामा तैनाथ चिनियाँ सेनाको गस्तीमा बाधा भयो।

भारतीय सेनाले जानाजानी उत्तेजक कार्यहरू गरे र व्यवस्थापन र नियन्त्रणको स्थिति यथार्थमा परिवर्तन गरे। चिनियाँ सेनाले परिस्थितिको सामना गर्न र भूमिमा आफ्नो व्यवस्थापन र नियन्त्रणलाई सुदृढ पार्न आवश्यक कदम चाल्न बाध्य पारिएको थियो।

तनाव कम गर्न भारत र चीनले सैन्य र कूटनीतिक माध्यमबाट वार्ता गर्योा। चीनको कडा मागको जवाफमा भारतले एलएसी पार गर्ने सेनालाई फिर्ता बोलाउन र निर्मित संरचना भत्काउन सहमत भयो। भारतले यो पनि गर्यो।

६ जुन, दुवै पक्षले कमाण्डर स्तरीय वार्ता भयो र तनाव कम गर्न सहमत भए। भारतीय पक्षले सहमति जनायो कि त्यसले गलवान खोला पार गर्ने छैन र दुबै पक्षले भूमिमा कमाण्डरहरू बीचको बैठक मार्फत चरणबद्ध रूपमा सेना फिर्ता लिने छन्।

तर ५ जुन राति सीमामा तैनाथ भारतीय सैनिकले कमाण्डर स्तरको बैठकमा भएको सम्झौता उल्लंघन गर्दैै एकपटक फेरि एलएसी पार गरे। उनीहरुले थाहा पाएरै चिनियाँ सैनिकलाई उक्साउने काम गरेको आरोप लाग्ने गरेको छ।

चीनका जुन सैनिक र अधिकारी वार्ता गर्नका लागि भारतीय सैनिक भएको ठाउँमा गए तब भारतीय सैनिकले हिंस्रक आक्रमण गरे। त्यसपछि भएको भीषड हिंसामा ठूलो संख्यामा भारतीय सैनिक हताहत भए।

भारतीय सेनाको यो दुस्साहसपूर्ण कार्यले सीमा क्षेत्रको स्थिरतालाई कमजोर पारेको छ, चिनियाँ सैनिकहरूको ज्यान जोखिममा पारेको छ, सीमा विवादमा दुवै पक्षले गरेको सम्झौताको उल्लंघन गरेको छ र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको छ।

भारतका विदेशमन्त्री यस जयशंकरसँग फोनमा भएको वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले भारतलाई यो घटनाको गम्भीर जाँच गर्न आग्रह गरे। घटनामा संलग्नलाई कडा कारवाही गर्न र सीमामा तैनाथ भारतीय सैनिकलाई अनुशासित बनाउन आग्रह गरेका थिए।

सीमामा भएको घटनाक्रमलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा उनले आफ्नो इलाकामा कोही प्रवेश नगरेको र भारतको भूभाग कसैले पनि कब्जा नगरेको बताएका थिए। उनले भारतले शान्ति र मित्रता चाहन्छ तर आफ्नो सार्वभौमिकतामा सम्झौता नगर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *