नेकपा सचिवालय बैठक जारी, एमसीसीका विषयमा छलफल केन्द्रित

डिसी नेपाल
६ असार २०७७ ११:१०

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमसीसीका विषयमा छलफल केन्द्रित छ।

नेकपाभित्र एमसीसी पारित गर्ने नगर्ने विषयमा विवाद छ। प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पारित गर्ने पक्षमा छन् भने अर्को पक्ष पारित गर्न नहुने पक्षमा छ।

एमसीसीका विषयमा विवाद बढ्दै गएपछि नेकपाले एमसीसीको अध्ययन गर्न कार्यदल गठन गरेको थियो। वरिष्ठ झलनाथ खनाल संयोजक रहेको कार्यदलले संशोधनसहित पारित गर्न सुझाव दिएको छ।  यसअघि एमसीसीका विषयमा छलफल गर्न बोलाइएको सविचलाय बैठक पटक पटक स्थगित हुँदै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *