चीनसँगको सीमा नजिकका एयरबेसमा भारतीय लडाकू विमान र हेलिकप्टर थपिए
काठमाडौं। भारतले चीनसँगको सीमा नजिक रहेका आफ्ना एयरबेसमा लडाकू विमान र हेलिकप्टरको तैनाथी बढाएको छ । भारतले चीनलाई जमिन र हावा मात्र नभए समुद्री बाटोबाट समेत घेर्ने गरी बंगालको खाडीमा समेत युद्धपोत तैनाथ गरेको छ ।
टाइम्स अफ इण्डियाका अनुसार दिल्लीले यसरी बेइजिङलाई आफू पनि भिडन्तको लागि तयार रहेको संकेत दिन खोजेको हो । भारतले आकाशबाट जमिनमा मिसाइलले मार हान्न सक्ने अपाचे हेलिकप्टर, तर सामान र जवान ओसारपसार गर्ने चिनोक हेलिकप्टर बढाएको समाचारमा जनाइएको छ । समाचारमा चिनियाँ जनमुक्ति सेनाले गलवान उपत्यकामा रहेको पाङगोङ तालको उत्तरी किनारामा दर्जन भन्दा बढी सैन्य किल्लाको निर्माण गरेको समेत दावी गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment