‘सिरी ए’ आजबाट

एजेन्सी । इटालियन सिरी ए फुटबल आजबाट सुचारु हुँदैछ । कोरोनाको कारण मार्चबाट स्थगित लिग आजबाट सुचारु हुन लागेको हो । आज दुई खेल हुनेछ । जसमा टोरिनो र पर्मा तथा हेलास भेरोना र काग्लियारीबीच खेल हुनेछ ।
टोरिनोले घरेलु मैदानमा पर्मासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति ११ः१५ बजे सुरु हुनेछ । टोरिनो २७ अंक जोडेर १५ औं स्थानमा रहदा ३५ अंक जोडेको पर्मा नवौं स्थानमा छन् । यस्तै भेरोना र काग्लियारीबीचको खेल राति १ः३० बजे सुरु हुनेछ । भेरोना ३५ अंक जोडेर आठौं र काग्लियारी ३२ अंक जोडेर १२ औं स्थानमा रहेका छन् ।
यस सिजन युभेन्ट्स ६३ अंक जोडेर शीर्ष स्थानमा रहदा ६२ अंक जोडेको लाजियो दोस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment