मोदीको भनाईले विवाद भएपछि भारतीय प्रधानमन्त्री कार्यालयले दियो स्पष्टिकरण

डिसी नेपाल
६ असार २०७७ १९:०२

नयाँ दिल्ली (एजेन्सी) । भारत र चीनबीच सीमा हिंस्रक झडप भएको पाँच दिनपछि शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आयोजना गरे।

बैठकमा उनले गएको सोमबार भएको झडप भारतीय क्षेत्रमा नभएको र भारतीय जमिनमा कसैले पोस्ट नबनाएको बताएपछि भारतमा शनिबार त्यो भनाईको विरोध भएको छ। मोदीले भिडन्त भएको गलवान उपत्याकामा चीनको दावीलाई स्वीकार गरेको भन्ने कोणबाट बहस शुरु भएपछि प्रधानमन्त्री कार्यालयले स्पष्टिकरण दिनुपरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

त्यसो त चीनले पूरा गलवान उपत्यका आफ्नो जमिन भएको दावी गरेको छ। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री मोदीको भनाईलाई गलत तरिकाले बुझिएको भन्दै भारतले अतिक्रमणलाई स्वीकार नगर्ने बताएको छ।

गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिक मारिएका थिए भने १० जना सैनिकलाई चीनले कब्जामा लिएको थियो। तीनदिनपछि कब्जमा लिएका सैनिकलाई चीनले मुक्त गरेको थियो। सीमा क्षेत्रमा भएको तनावपछि भारतमा चिनियाँ उत्पादन बहिस्कारको बहस शुरु भएको छ। चीनले यस्तो बहसले भारतलाई नै घाटा हुने प्रतिक्रिया दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *