शान्तिसुरक्षा स्थापनामा सफल रहेको दाबी

विराटनगर । मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्तिसुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको बताइएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले आफ्नो १५ महिनाको अवधिमा जिल्लामा अपराध नियन्त्रण र शान्तिसुरक्षामा सम्पादन गरेका कार्यबारे जानकारी दिए ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दीको प्रभावकारी कार्यान्वयन, सीमा प्रवेश नियन्त्रण, सवारी आवागमन, बजार व्यवस्थापन, क्वारेन्टिनको व्यवस्थापन प्रभावकारी रुपमा गर्न सकेको उल्लेख गरे ।
प्रतिक्रिया
Facebook Comment