प्रधानसेनापतिको आसन फेरियो

डिसी नेपाल
६ असार २०७७ २३:५०

काठमाडौं । विगत केही दिनदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो फोटोमा प्रधान सेनापति थापा कोभिड १९ व्यबस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको देब्रेतिर तर एउटै लाइनमा नभई पछाडिपट्टि बसेको देखिन्छन्।

बैठकको व्यवस्थापन मिलाउनेहरुले नै प्रधानसेनापतिलाई त्यसरी कुर्सीको व्यबस्था मिलाएका थिए।

यो तस्वीर सार्वजानिक भएपछि सामाजिक सञ्जालहरुमा देशको प्रधानसेनापतिको इज्जत गर्न नसकेको भन्दै व्यापक आलोचना भएको थियो । अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले आफ्नो बैठकमा अमेरिकी सेनाका ज्वाइन्ट चीफ अफ स्टाफलाई आफूसंगै एउटै लाइनमा राखेर कार्यक्रममा सरिक भएको तस्वीर पनि सार्वजानिक गर्दै सेनाको सम्मान प्रजातान्त्रिक मुल’ुकहरुमा कसरी गरिन्छ भन्ने उदाहरण पेश गर्दै सामाजिक सञ्जालहरुमा कमेण्ट गरिएको थियो ।

सायद् सामाजिक सन्जालकै प्रभावको कारणले हुनसक्छ, गएको शुक्रबार बसेको सीसीएमसीको बैठकमा प्रधानसेनापति थापाको आसन फेरिएको छ । उनी सीसीएमसीका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेल नेतृत्वको बैठकमा देब्रेतिरको राउण्ड टेवलको अग्रपंक्तिमै राखिएका छन् ।

सीसीएमसीको सबैकाम सेनाले नै हेर्दै आएको छ र कोरोना महामारीको व्यबस्थापनमा अप्ठेरोमा परेको सरकारलाई उकास्न सेनाले ठूलो योगदान दिएको छ ।

गाउँगाउँ पुगेर स्वाब संकलन गर्नेदेखि क्वारेन्टिन निर्माण एवं व्वबस्थापन र मेडिकल सामग्री खरिदसम्मको काम सेनाले गरिदिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *