‘आत्मविश्वासले कोरोनालाई परास्त गर्न सकिन्छ ’

घोडाघोडी । कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गरेका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका उनि १५ दिनको उपचारपछि कोरोनाबाट निको भएका हुन् ।
उनले भने, “आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ । ” सङ्क्रमण देखिएपछि उनले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराएका थिए।
प्रतिक्रिया
Facebook Comment