अफगानिस्तान क्रिकेटरको कार दुर्घटना

काठमाडौं । शनिबार भएको एक कार दुर्घटनामा अफगानिस्तान क्रिकेट टिमका विकेटकीपर तथा ब्याट्सम्यान अफसर जेजाई घाइते भएका छन। राष्ट्रिय टोलीका यी विकेटकीपरले आफ्नो अन्तिम खेल गत नोभेम्बरमा वेस्टइन्डिज बिरूद्ध लखनऊमा खेलेका थिए। यस खेलमा अफगानिस्तान टोली पराजित भएको थियो। अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया प्रबन्धक इब्राहिम मोहम्मदले जेजाइको कार दुर्घटनाको समाचार आफ्नो ट्विटरमा सार्वजनिक गरेका छन ।
उनले सार्वजनिक गरेको तस्वीरमा कारको अवस्था एकदम नराम्रो देखिन्छ, जुन एकदमै डरलाग्दो छ। कारको अवस्था खराब देखिए पनि, जेजाईको अवस्था सामान्य रहेको छ, उनको टाउकोमा चोट लागेको छ। इब्राहिमले सार्वजनिक गरेको तस्वीरमा जेजाईको टाउकोमा मात्र चोट लागेको देखिन्छ। इब्राहिमले क्रिकेटरको सिघ्र स्वास्थ्य लाभको लागि पनि कामना गरेका छन ।
National cricketer wicket-keeper batsman @AfsarZazai_78 survived in a car accident with a minor injuries in his head but his car damaged most.
May Allah bless you ? get well soon bro. pic.twitter.com/6MJdVSfWzX— M.ibrahim Momand (@IbrahimReporter) June 20, 2020
जेजाइ हाल अफगानिस्तान क्रिकेट टिमका एक उत्कृष्ट विकेटकीपर तथा ब्याट्सम्यान हुन। सन २०१३ मा अफगानिस्तानका लागि डेब्यू गरेका २६ बर्षीय यी खेलाडीले अहिले सम्म टिमको लागी राम्रो मौका पाएका छैनन। अफगानिस्तान टिममा लामो समयको लागि विकेटकीपरका रूपमा मोहम्मद शहजाद टिमको पहिलो विकल्प थिए। सन २०१५ को एकदवसीय विश्व कपमा शहजाद टिममा नपरेपछि, जेजाईले अफगानिस्तानका लागि सबै खेलहरूमा खेल्ने मौका पाएका थिए। विश्वकप पछाडि पनि उनलाई एकदवसीय टोलीमा नियमित खेल्ने मौका प्राप्त भएन। जे होस्, उनी टेस्ट खेलमा टिमका नियमित विकेटकिपर हुन्। उनले आफ्नो टोलीका लागि तीन टेस्ट, १७ एकदिवसीय र एकमात्र टी २० अन्तर्राष्ट्रिय खेलेका छन्।
Facebook Comment