भारतबाट फर्किएका थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा ५४० पुगे संक्रमित
काठमाडौँ । आज (सोमबार) नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका स्याङ्जा र नवलपरासी (सुस्ता पूर्व) मा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयल, गण्डकी प्रदेशले जनाएको छ।
निर्देशनालयका अनुसार स्याङ्जामा १२ र नवलपरासीमा ८ जना संक्रमित थपिएका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ।
भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहका क्वारिन्टनमा बसेका उनीहमा कोरोना पुष्टि भएसँगै सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment