खाँडाचक्रमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

मान्म । कर्णाली राजमार्गअन्र्तगत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो। पहिराका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए। रासस
प्रतिक्रिया
Facebook Comment