साढे ९ हजारमा कोरोना पुष्टि, २ हजार बढी निको भएर फर्किए

डिसी नेपाल
८ असार २०७७ १६:३६

काठमाडौं । गत २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको ६ हजार १ सय ९८ पिसीआर परीक्षणबाट ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२ वटा प्रयोगशालाबाट परिक्षण भइरहेको छ। जसमा १ लाख ८१ हजार ३ सय ७१ जनाको पिसीआर र २ लाख ६८ हजार १ सय ३ जनाको आरडिटी परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ हजार बढी निको भएर घर फर्किसकेका छन्। जसमा १ सय ६१ महिला र १ हजार ९ सय ६१ जना पुरुष रहेका छन्।

नब्बे हजार ७ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ७ सय ८९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *