क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु

डिसी नेपाल
८ असार २०७७ १९:४२

मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको सोमबार मृत्यु भएको हो ।

क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *