नेपालले गण्डक बाँधमा मर्मत गर्न नदिएको भारतको आरोप

डिसी नेपाल
८ असार २०७७ २०:४८

काठमााडौं। नेपालले गण्डक बाँधमा मर्मत गर्न नदिएको भारतले आरोप लगाएको छ। बिहार र नेपाल सीमानामा पर्ने बिहारको पूर्वी चंपारणस्थिति नो म्यान्स ल्याण्डमा भारतले बाँध बनाउन लागेपछि नेपालको सशस्त्र प्रहरी बलले त्यसलाई रोकेको छ।

आरोप लगाएको छ। भारतमा यो विषयले निकै चर्चा पाएको छ। मन्त्री झाले दुई देशको सीमाको नो म्यान्स ल्याण्डमा आफूहरुले मर्मत सामाग्री राखेको तर नेपाली फोर्सले त्यसलाई रोकेको बताएका छन्। मन्त्री झाले यसअघि नेपालका तर्फबाट यस्तो रोकावट नआएको र पहिलो पटक रोकावट आएको बताएको आजतकले उल्लेख गरेको छ।

भारतले सीमा क्षेत्रमा बनाएका अनाधिकृत बाँधले वर्षेनी नेपालतर्फ डुबान हुने गरेको छ। वर्षा याम शुरु भएसँगै सीमा क्षेत्रमा यसप्रकारका घटनाहरु भइरहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *