विद्युतीय सवारी साधनमा लगाइएको कर हटाउन माग

डिसी नेपाल
८ असार २०७७ २१:४५

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको कर हटाउनुपर्ने माग गरिएको छ । सोमबार आयोजित ‘वर्तमान नेपालमा विद्युतीय सवारी साधनको महत्व’ विषयक कार्यक्रममा वक्ताले सरकारले विद्युतीय साधनलाई निरुत्साहित गर्ने, त्यसको सञ्चालनमा अङ्कुश लगाउने र खनिज इन्धनलाई प्रवद्र्धन गर्ने बाटोतिर अग्रसर भएको भन्दै गुनासो गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको छ । नासाका अध्यक्ष गोविन्द भट्टराईले विश्व विद्युत्मय भइरहेका अवस्थामा नेपाल भने त्यसबाट ब्याक हट्नु गलत भएको टिप्पणी गरे।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बजेटको एक तिहाइ लगानी विद्युत् उत्पादनमा लगानी रहेको सुनाउँदै सरकारको यस्तो कदमले बैंक र लाखौँ नेपालीको लगानी खेर जाने अवस्था सिर्जना भएको टिप्पणी गरे । सामाजिक अभियानकर्मी लोकेश वलीले बिजुली गाडीले गर्दा देश समृद्ध हुने विश्वास गरे।

नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका अध्यक्ष नवराज पौडेलले अहिले जनतालाई सस्तोमा गाडी चढ्न पाउने अवसर भएकामा सरकारको पछिल्लो कदमले जनताका आशालाई निरुत्साहित तुल्याएको बताए। नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका सचिव सरोज थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्रात्साहन गर्न सकिएको भए धेरै राम्रो हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *