मंगलबार विश्वभर १ लाख ६२ हजार बढी कोरोना संक्रमित, ब्राजिलमा सबैभन्दा धेरै संक्रमण र मृत्युदर
काठमाडौँ । बिगत चार महिनादेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्ला दिन झन् बढ्दै गएको छ।
मंगलबार एकै दिन विश्वमा १ लाख ६२ हजार भन्दा बढी मानिस कोरोना भाइरस कोभिड १९ बाट संक्रमित भएका छन् । यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ४५ हजार ५६९ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये ५ हजार ४६५ जनाको ज्यान गएको छ। यो सँगै विश्वभर कोरोना भाइरको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७८ हजार ९४९ पुगेको छ।
ब्राजिलमा सबैभन्दा धेरै संक्रमित, धेरैको मृत्यु
पछिल्लो २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।
मंगलबार मात्रै ब्राजिलमा ४० हजार १३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ हजार ३६ जनाको ज्यान गएको छ । यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख ५१ हजार ४७९ पुगेको छ।
संक्रमित मध्ये ६ लाख १३ जार ३४५ जना घर फर्किएका छन् भने कोरोनाबाट ज्यान गुमानेको संख्या ५२ हजार ७७१ पुगेको छ ।
Facebook Comment