एनआईसी एसिया लघुवित्तको साधारण शेयरका लागि आवेदन खुल्ला

डिसी नेपाल
१० असार २०७७ १२:२०

काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयरका लागि बुधबारबाट आवेदन खुल्ला भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४७ लाख ५५ हजार कित्ताको ४७ करोड ५५ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।

यसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष छुट्याएर ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारण आवेदनकर्तालाई बाँडफाँड हुनेछ।

उक्त साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यसका लागि असार १४ गतेसम्मको समय तोकिएको छ। तोकिएको अवधिभित्र माग अनुसार आवेदन नपरेमा असार २४ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ।

लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाटका साथै मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। लघुवित्त क्षेत्रकै ठूलो आइपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीको यस साधारण शेयरलाई केयर रेटिङले ग्रेड ४ प्लस रेटिङ तोकेको छ। यसको अर्थ कम्पनीको शेयर औषत भन्दा कमजोर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *