अवैध लागूऔषध गाँजा तथा जंगली जनावरको अङ्गसहित ३ जना पक्राउ

डिसी नेपाल
१० असार २०७७ २०:१२

सुनसरी । धरानमा अवैध लागूऔषध गाँजा र जंगली जनावर अङ्गसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट पक्राउ पर्नेहरुमा २९ वर्षीय नन्दीमान राई, १९ वर्षीय दिनेश भन्ने सबिन राई र २० वर्षीय सागर राईरहेका छन् ।

बिष्णुपादुकाबाटधरानतर्फ यात्रु लिई जाँदै गरेको उक्त ट्याम्पोलाई शंका लागि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा यात्रु बस्ने सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा करिब २ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा,जंगली पंक्षी कालिजको कालो रंगको प्वाँख १८ वटा,जंगली जनवार घोरलको सिङ जस्तो देखिने साना सिङ ४ वटा, कस्तुरीको सिङजस्तो देखिने छाला सहितको २ वटा सिङसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *