नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । नेपालमा अस्पतालको आइसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराको आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ ।
मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।
असार ८ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो ।
प्रतिक्रिया
Facebook Comment