बसन्त चौधरीले भने – ‘अझै रोटी–बेटीमै अल्झिने ? माथि उठ्ने बेला भएन ?’

डिसी नेपाल
११ असार २०७७ ८:४२

काठमाडौं। साहित्यकार तथा उद्यमी बसन्त चौधरीले नेपाल भारत सम्बन्धको विषयमा कुरा हुँदा सधैं ‘रोटी–बेटी’को दुहाइ दिइने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले अब रोटी बेटीको दुहाइबाट माथि उठ्ने समय भएको बताएका छन् । पछिल्लो समय ठूलो संख्यामा नेपालीहरुले भारतबाहेक तेस्रो मुलुकबाट ‘रोटी’ कमाउने गरेको र धेरैले उतैका ‘बेटी’ बिहे गर्न थालेको भन्दै अब माथि उठ्नुपर्ने उल्लेख गरेका छन् ।

नेपालका सबैभन्दा धनी मानिएका उद्योगपति विनोद चौधरीका भाइसमेत रहेका बसन्तको यो भनाइलाई यसकारण पनि अर्थपूर्ण रुपमा लिइएको छ किनकि उनी भारतीय मूलका नेपाली नागरिक हुन् । उनको पुर्खा भारतको राजस्थानबाट व्यापारको सिलसिलामा नेपाल आएर यतै स्थापित भएर बसेका हुन् । उनको परिवारमा अझै पनि भारतमा बिहे गर्ने परम्परा कायमै छ । उनका दाजु विनोद चौधरीका छोराले केही वर्ष अघि मात्र भारतकी छोरीसँग बिहे गरेको पृष्ठभूमिमा उनको यो धारणा महत्वपूर्ण मानिएको छ ।

उनले ट्वीटमा लेखेका छन् ‘नेपाल–भारत सम्बन्धको कुरा हुँदा सधैँ ‘रोटी–बेटी’को सम्बन्धको दुहाई दिइने गरिन्छ । अहिले ६०–७० लाख नेपाली भारतबाहेक विदेशमा ‘रोटी’ कमाउँछन् र विकसित देशकाले त त्यहीँकै ‘बेटी’ बिहे गर्छन् । आपसी सम्बन्धको कुरा गर्दा अब रोटी–बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्या ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *