चीनको अतिक्रमणमा परेका भूभाग फिर्ता ल्याउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव
काठमाडौँ । चीनको अतिक्रमणमा परेका भूभाग फिर्ता ल्याउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रताव दर्ता गरिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले बुधबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिन माग गरिएको छ । कांग्रेस सांसदहरू देवेन्द्रराज कण्डेल, सत्यनारायण शर्मा खनाल र संजयकुमार गौतमले बुधबार सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
Nepal: Three MPs of opposition Nepali Congress file a petition at Secretariat of House of Representatives demanding steps to take back ‘lands encroached by China, through dialogue’. pic.twitter.com/Igmyp1nJkF
— ANI (@ANI) June 25, 2020
’नेपालको भूभाग चीनको अतिक्रमणमा परेको हुनाले ती भूभागलाई कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभागहरू र गाउँसमेतको अवस्थाको सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्नका लागि यो संकल्प प्रस्ताव पेस गरेका छौं,’ संकल्प प्रस्तावमा लेखिएको छ ।
गोरखा, सोलुखुम्बु, दार्चुला, दोलखा, हुम्लालगायतका जिल्लाका केही भूमि चीनको अतिक्रमणमा परेको संकल्प प्रस्तावमा लेखिएको छ । त्यस्तै, नेपाल र चीनको सीमा छुट्याउने स्तम्भ पनि हराएको उल्लेख गरिएको छ ।
Facebook Comment