उपत्यकाका ९ जनामा भेटियो कोरोना संक्रमण

डिसी नेपाल
११ असार २०७७ १७:०६

काठमाडौं । काठमाडौं उपत्यकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका ३ जिल्लामा ९ जना कोरोना संक्रमित देखिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४ जना, भक्तपुर जिल्लामा ४ जना र ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा देखिएका कोरोना संक्रमतिहरुमा काठमाडौंका २ महिला, २ पुरुष, भक्तपुरमा १ महिला, ३ पुरुष र ललितपुरमा १ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *