पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई सहिद भनेपछि…

डिसी नेपाल
१२ असार २०७७ ७:४६

बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अतिवादी संगठन अल कायदाका संस्थापक ओसामा बिन लादेनलाई ‘शहीद’ भनेका छन्।

बिहीबार पाकिस्तानको संसदमा आफ्नो भाषणको क्रममा इमरान खानले भने, “म यो कुरा कहिल्यै भुल्दिन, पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भएको छ। जसमा हामी सबै लज्जित भएका थियौं। ओसामा बिन लादेनलाई एबटाबादमा अमेरिकनहरुले मारेर शहीद बनाए। त्यसपछि सम्पूर्ण विश्वले हामीलाई दुव्र्यवहार गरे, गाली गरे। हाम्रो सहकर्मी हाम्रा सहयोगी मुलुकले हामीलाई नभनी हाम्रै देशभित्र पसेर कसैलाई मर्दैछ। उनीहरुको युद्धका लागि ७ं० हजार पाकिस्तानी मरिसकेका छन्।’


प्रधानमन्त्री खानले कुनै पनि पाकिस्तानीलाई यस भन्दा बढी पीडा हुन नसक्ने बताए। एकातिर, राजधानी इस्लामाबादमा इमरान खान लादेनलाई शहीद भन्दै थिए, अर्कोतर्फ, पंजाबको आतंकवाद विरोधी अदालतले अतिवादी गतिविधिमा संलग्न भएकोमा अल कायदाका सदस्यहरूलाई सजाय दिइरहेको थियो।

पंजाबको गुजारावालामा रहेको आतंकवाद विरोधी अदालतले आतंकवादी कोष र विस्फोटक पदार्थ राखेको आरोपमा अल कायदाका पाँच सदस्यलाई दोषी ठहराएको छ।
सजाय पाउनेहरुमा अब्दुल्ला उमर, अहमद उर रहमान, असिम अकबर सईद, मोहम्मद याकूब र मोहम्मद युसुफ रहेका छन्।

अदालतले उनलाई १६ वर्ष कैद र जरिवानाको सजाय सुनायो। अदालतले पाँचै जना दोषीको व्यक्तिगत सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ। ती सबैलाई २६डिसेम्बर २०१९ मा गुजरावाँलाबाट पक्राउ गरिएको थियो जब उनीहरू चरमपन्थी आक्रमणको योजनामा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *