तीस बर्षपछि लिभरपुल च्याम्पियन

काठमाडौं । लिभरपुलले ३० बर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि हात पारेको छ । बिहिबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटिलाई हराउँदा लिभरपुल उपाधि हात पार्न सफल भएको हो ।
Congratulations to @LFC!
Your 2019/20 #PL champions ??? pic.twitter.com/7MGQUu6ukG
— Premier League (@premierleague) June 25, 2020
जर्जन क्लोपको लिभरपुललाई एक मात्रै खेलमा जित हात पारे उपाधि सुनिश्चित हुने थियो । तर म्यान्चेष्टर सिटिले चेल्सीसँग हार बेहोर्दा लिभरपुललाई समात्न नसक्दा उसले उपाधि जित्न सफल भएको हो । सन् १९८९–१९९० पछि लिभरपुलको यो पहिलो प्रिमियर लिग उपाधि हो । लिभरपुलले उपाधि जितेको यो १९ औं अवसर पनि हो ।
WE’RE PREMIER LEAGUE CHAMPIONS!! ? pic.twitter.com/qX7Duxoslm
— Liverpool FC (Premier League Champions ?) (@LFC) June 25, 2020
लिभरपुलले उपाधि जितेसँगै एनफिल्डमा हजारौं समर्थक जमा भएर बधाई आदानप्रदान गरे । एनफिल्डका मेयरले भने घरमै बसेर खुशीयाली मनाउन गरेको आव्हानले समर्थकलाई रोक्न सकेनन ।
The scenes in Liverpool ? #LFC pic.twitter.com/FUaR0zL87u
— TheKop.com (@TheKop_com) June 25, 2020
लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटि र चेल्सीबीचको खेलपछि सँगै बसेर खुशीयाली मनाए । सन् १९७३ देखि १९९० को बीचमा लिभरपुलले ११ पटक उपाधि हात पारेको थियो ।
लिभरपुलले जारी संस्करणमा ३१ खेलमध्ये २८ मा जित हात पारेर ८६ अङ्क बटुलेको छ । दुईवटा बराबरी र एक खेलमा उसले हार बेहोरेको छ ।
The scenes outside Anfield as fans celebrate Liverpool winning the Premier League for the first time in 30 years! pic.twitter.com/13tnnOpSlL
— Jenny Kirkham (@PJ_Kirkham) June 25, 2020
Facebook Comment