कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

डिसी नेपाल
१३ असार २०७७ ९:१३

असार १३ गतेदेखि १९ गतेसम्मको साप्ताहिक राशिफल

मेष

साताको सुरुमा घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ ।

वृष

यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम कृषिबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति बढ्नेछ ।

मिथुन

बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ।

कर्कट

नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम नयाँ ठाउँको भ्रमण मिल्नेछ।

सिंह

यात्रामा खर्च हुनेछ । सामान हराउन सक्ने एवम आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ ।

कन्या

आम्दानीले साथ दिनेछ । पशुचौपाया तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ ।

तुला

राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ।

वृश्चिक

धार्मिक एवम सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ ।

धनु

स्वास्थ्यमा बाधा एवम काममा रोकावट हुनेछ । अपजसको भय एवम मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम यात्राको सुख मिल्नेछ ।

मकर

प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम गुप्त शत्रुको बाधा हुनेछ ।

कुम्भ

खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम नयाँ व्यवसायमा लगानी बढ्नेछ ।

मीन

विद्याध्ययनमा प्रगति एवम वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ ।

१२ राशिको पूरा साप्ताहिक ग्रहफल भिडियोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *