कोरोनाको चपेटामा काँग्रेस महाधिवेशन, पदाधिकारी बैठकले के गर्ला?

डिसी नेपाल
१४ असार २०७७ ८:५८

काठमाडौं। देशको सबैभन्दा पूरानो दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको थपिएको म्याद पनि आगामी वर्ष सकिँदैछ। सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल बढाएर महाधिवेशनको कार्यतालिका गएको पुसमै तय गरेका थिए।

तर, प्रमुख प्रतिपक्षी दल काँग्रेसको महाधिवेशन विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा परेको छ। यदि कोरोना महामारी नभएको भए आजको मितिसम्म काँग्रेस महाधिवेशनमा होमिसकेको हुने थियो। कार्यतालिकाअनुसार धेरै काम भइसकेका हुने थिए। तर, महाधिवेशनका लागि हुनुपर्ने आधारभुत कामसमेत हुन सकेका छैनन्।

तय भएको कार्यतालिकाअनुसार यतिबेलासम्म पार्टीको अन्तरिम संरचना निर्माण र क्रियाशील सदस्यताको विषय टुंगिसकेको हुने थियो। तर, यसमा केही पनि काम भएको छैन।

यही अवस्थामा आइतबार काँग्रेस पदाधिकारीको बैठक बस्दै छ। महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारी बैठकमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

डिसी नेपालसँग नेता भने, ‘महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिकाबारे निकास निकालिने गरी छलफल गर्छौ।’ उनले कोरोनाले महाधिवेशनको मिति प्रभावित हुन नहुने बताए। बरु केही प्रक्रिया छोट्याउनुपर्ने बाध्यता आएको बताए।

यस्तो थियो कार्यतालिकाः

पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र।

विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।

नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।

उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।

उजुरीरपुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र ।

केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।

अधिवेशन

गाउँरनगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते

गाउँरनगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते

एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते

प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते

केन्द्रीय महाधिवेशन २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौंमा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *