आज झन् बढ्यो सुन

काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) सुनको भाउ झन् बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भाईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज तेजावी सुन र चाँदीको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ८६० तथा चाँदी ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि छापावाल सुन ९१ हजार १ सय रुपैयाँ, तेजावी सुन ९० हजार ६६५ र चाँदी ९३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
Facebook Comment