लिभरपुललाई ‘गार्ड अफ आनर’ दिने

काठमाडौं । म्यान्चेष्टर सिटिका खेलाडीहरुले प्रिमियर लिगका नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ आनर’ दिने भएका छन् । म्यान्चेष्टर सिटि चेल्सीबाट पराजित भएपछि ३० वर्षपछि पहिलो पटक लिभरपुल प्रिमियर लिगको विजेता भएको छ ।
बिहिबार ऐत्तिहाद रङशालामा लिभरपुललाई म्यान्चेष्टर सिटिका खेलाडीले गार्ड अफ आनर दिने सिटिका प्रमुख पेप गार्डिओलाले जानकारी दिए ।
गार्डिओलाले भने, “हाम्रो घरमा आउँदा लिभरपुललाई बधाई एवम् शुभकामना दिन्छौं, किनभने उनीहरु हकदार छन् ।”
गार्डिओलाले सन् २०२१ पछि पनि सिटिमा आफ्नो कार्यकाल थप्न चाहने प्रश्नको जवाब दिन अस्वीकार गरे ।
प्रतिक्रिया
Facebook Comment