प्रधानमन्त्री ओलीको मन्तव्य : एकतिर दुईनिशाना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई नेपाली माक्र्स भनिने तत्कालीन एमाले महासचिब मदन भण्डारीको उत्तराधिकारी भन्छन्। मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादका सच्चा पहरेदारका रुपमा प्रधानमन्त्रीले आफूलाई चित्रित गर्दै आएका छन्। उनी भण्डारीको आइतबार जन्मजयन्ती कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरियो। प्रधानमन्त्री ओलीले कार्यक्रममा भावुक मन्तव्य दिए। र एकै पटक दुईथरी विरोधीलाई ठेगान लगाउने प्रयास गरे।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास गरेको आरोप लगाए। उनको यो भनाईले एकतिर दुई निशाना हो। किनभने सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक जारी छ। बैठकको पहिलो दिननै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन भनिसकेका छन्।
स्थायी कमिटि बैठकमा सरकारको कामबारे समिक्षाबारेको एजेण्डामा छलफल शुरु नै भएको छैन। यो एजेण्डामा छलफल हुँदा प्रधानमन्त्री ओलीको निकै आलोचना हुने प्रायःनिश्चत छ। यस्तो परिस्थितमा आफ्ना पार्टीका आफू विरोधीलाई भारत परस्त देखाउन र आफूमात्र एक सच्चा राष्ट्रवादी देखाउन प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको भाषण दिएका हुन्। उनको यो भनाईले आफ्नै पार्टी भित्रका विरोधीलाई भारतीय गोटीका रुपमा प्रस्तुत गरेका छन् भने आफूलाई राष्ट्रवादीका रुपमा।
यदि अब नेकपामा ओलीको विरोध भयो भने उनीहरुले भारतको इरासामा विरोध गरेको सन्देश प्रवाह ओली समूहबाट हुनेछ। त्यसैले पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटि बैठक सम्भावित आलोचनाको स्वरलाई निस्तेज पार्न यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रधानमन्त्री ओली लगभग दुईतिहाइ बहुमत प्राप्त नेकपाका अध्यक्ष हुन्। सरकारसँग अहिले लगभग दुईतिहाई बहुमत छ। त्यसैले यो सरकार ढाल्न सक्ने ताकत नेकपामा बाहेक अरु कसैसँग छैन, यो घाम जस्तै छर्लंग विषय हो।
बहुमत प्राप्त प्रम@kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?
— Baburam Bhattarai (@brb1954) June 28, 2020
प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सामाजिक सञ्जाल पनि तातेको छ। सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लेखेका छन्, ‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन। तर अहिले हटाए नक्सा छापेको करणले हुने, भोलि सलहले दुःख दिएको बेला हुने, पछि बाढीपैरो आएको बेला हुने, अलिपछि दशैंतिहारको बेला हुने, अनि जाडोको बेला हुने१उचित बेला चैं कैले रच हँ?’
यस्तै पत्रकार शिव दाहालले लेखेका छन्, ‘भारतलाई गाली गरेर विरोधको स्वर पनि मत्थर पार्ने अनि राष्ट्रवादी छबि कायमै राख्ने निन्जा टेक्निक जनताले थाहा नपाउलान र?’
त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक लेखनाथ पाण्डेले लेखेका छन्, ‘तर नक्शाजारी हुनु अघि नै सत्तासीन पार्टीकै बहुमत सचिवालय सदस्यले उहाँलाई हटाउने प्रयत्न गरेको थियो, जुन अद्यापि जारी छ। उहाँ अफ्नै पार्टी जनताबाट च्युत हुनबाट जोगिनु पर्यो। त्यसका लागि जिम्मेवारी र जनअपेक्षा अनुसार भूमिका निर्वाह गर्नु पर्यो। बस्।’
तर नक्शाजारी हुनु अघि नै सत्तासीन पार्टीकै बहुमत सचिवालय सदस्यले उहाँलाई हटाउने प्रयत्न गरेको थियो, जुन अद्यापि जारी छ। उहाँ अफ्नै पार्टी जनताबाट च्युत हुनबाट जोगिनु पर्यो। त्यसका लागि जिम्मेवारी र जनअपेक्षा अनुसार भूमिका निर्वाह गर्नु पर्यो। बस्!!
— Lekhnath Pandey (@PandeyLekhanath) June 28, 2020
प्रधानमन्त्री ओलीको लोकप्रियता आम निर्वाचनको उछालपछि विस्तारै घट्दोक्रममा छ। पार्टी भित्र पनि उनी विरोधी नेताहरुको संख्या बढ्दो छ। सरकारले गरेका हरेक काम कि त विवादमा पर्छन्, कि भ्रष्टाचारको आरोपमा मुछिन्छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सडकमा विरोधसमेत भइरहेको छ।
यस्तो बेला आइतबार प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले एकतिर दुई निशाना जस्तै भएको छ।
Facebook Comment