नेपाल–भारत चिसिँदो सम्बन्धले भारतीय स्याउ व्यापारी तनावमा

डिसी नेपाल
१४ असार २०७७ २१:४१

नयाँ दिल्ली (बीबीसी)। देशभरका ठूला बजारहरु हिमाचल प्रदेशका स्याउको पर्खाइमा छन्। एक महिनामा स्वाउ बजारका लागि तयार पनि हुनेछन्। तर स्याउ व्यापारी चिन्तित छन् किनकी उनीहरु स्याउलाई बजारसम्म पुर्याउन सकिन्छकी नाई।

करिब पाँच लाख नेपाली मजदुर, जसलाई हिमाचल प्रदेशमा स्वाउ अर्थव्यवस्थाको मेरुदण्ड मानिन्छ, अप्रिलपछि बगैचामा फर्केका छैनन्। पहिला कोरोना महामारी र लकडाउनले तनाव दियो, अब नेपाल र भारतबीच चिसिँदो सम्बन्धले स्याउ व्यापारी तनावमा छन्।

नेपाल–भारत विग्रँदो सम्बन्धले नेपाली मजदुरलाई अनिश्चितता उत्पन्न गराई दिएको छ। जो मजदुरहरुले लकडाउनका क्रममा आफ्नो घर नगएर भारतमै बस्ने निर्णय गरेका थिए, उनीहरु पनि अब नेपाल फर्किसकेका छन्।

सामान्यतया नेपाली मजदुर स्याउ टिप्ने मौसमभन्दा निकै पहिला, मार्च अप्रिलमै फिर्ता आउँथे। यी मानिसहरु स्याउ टिप्नदेखि प्याकेजिंगमा निपूर्ण हुन्छन्।
प्रदेश सरकारका हर्टीकल्चर मन्त्री नरेन्दर ब्रग्ताका अनुसार, ‘बगैंचामा मजुदरको संकट छ। यो निश्चितरुपमा चिन्ताको विषय हो। हाम्रो प्रयासले नेपाली मजदुरहरुले आउने विचार गरेनन्। मैले निकै प्रयास गरिरहेको छु, तर, आशा छैन।’

उनको आफ्नै स्याउ बगैंचा पनि छ। उनका अनुसार राज्यका मुख्यमन्त्री जयराम ठाकुरले पनि यो विषयमा विदेश मन्त्रालयमा कुरा गरेका छन्। उनले केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि सम्पर्क गर्ने प्रस्ताव राखेका छन्। कुटनीतिक स्तरमा केही प्रयास भएका छन्। तर स्थिति अनुकुल बनेको छैन।

थिओगबाट सीपीआई–एमका विधायक राजेश सिंघा भन्छन्, ‘हाल, उनीहरुको समस्या कोरोनालाई लिएर छैन। मेरो बुझाई के छ भने, भारत र नेपालबीच दुश्मनीको बढ्दो भावनाले अत्याधिक आशंकित छ। हुन सक्छ, त्यहाँ कुनै एडभाइजरी जारि गरिएको होस। हामी स्याउ उत्पादकहरुका लागि यो निकै चिन्ताको विषय हो।’

सोही स्थानका जोगिन्दर चौहानले केही नेपालीको खातामा एडभान्स पैसा पनि जम्मा गरिदिएको बताए। उनले नेपालीहरु आउने आशा राखे भए पनि उनीहरु नआएको बताए। उनले केही नेपालीले बैंकमा एडभान्स जम्मा गरिएको रकम फिर्ता गर्ने कुरा गरेको बताए।

मुख्यमन्त्री जयराम ठाकुरले भने, ‘यो कुरा सही हो, स्याउ उत्पादन गर्ने मजदुरको कमीले चिन्तित छन्, पहिला उनीहरु गए, अब सीमा सील भएका कारण उनीहरु आउन सकेनन्। हामीले केन्द्र सरकारसँग यो मुद्दा उठाएका छौं। र कुटनीतिक च्यानलबाट सहयोग गर्न भनेका छौं। यसका साथै विहार, यूपी र हरियाणाबाट पनि केही मजदुर ल्याउने कुरा गरेका छौं।’

नारकंडाका एक स्याउ बगैंचा मालिक एलसी डगोरा भन्छन्, ‘किन्नेहरु कोभिड–१९बाट निकै डराएका छन्। उनीहरु सीजनभन्दा पहिला नै हिमाचल आएर व्यवसाय गर्थे। उनीहरु अब यहाँ आइरहेका छैनन्। हिमाचल प्रदेशमा क्वारेन्टिनको प्रोटोकल पनि निकै कडा छ। यी नियमले पनि यो पटक स्याउको व्यवसायमा समस्या थपेका छन्।’ (बीबीसी हिन्दीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *