अर्को संस्करणको फरक क्षमता भएका खेलाडीको विन्टर ओलम्पिक रसियामा हुने

काठमाडौं । अर्को संस्करणको फरक क्षमता भएका खेलाडीको विन्टर ओलम्पिक रसियामा हुने भएको छ । स्विडेनले आयोजक देशको सूचीबाट हात झिकेपछि रसियाको कजानमा यो प्रतियोगिता गरिने भएको छ ।
स्पेशल ओलम्पिकले आफ्नो निर्णयलाई कायम राख्ने बताएको छ । स्विडेनले आयोजक देशबाट नाम फिर्ता लिएपछि कसले गर्ने भन्नेमा अन्योल रहेको थियो । तर कजानले आफु गर्न तयार रहेको बताएपछि २०२२ को स्पेशल ओलम्पिकको आयोजनाको जिम्मा दिइएको हो ।
यो प्रतियोगिता कुनै पदकका लागि भन्दापनि व्यक्तिगत विकास र सहभागिता बढाउने किसिमले गरिने स्पेशल ओलम्पिकको भनाई छ । यो प्रतियोगितामा एक सय देशका दुई हजार जनाको सहभागिता रहनेछ ।
प्रतिक्रिया
Facebook Comment