गत २४ घण्टामा १ हजार ४ सय बढी डिस्चार्ज, १ जनाको मृत्यु

डिसी नेपाल
१७ असार २०७७ १७:२०

काठमाडौं । गत २४ घण्टामा १ हजार ४ सय ६२ जना कोरोना जितेर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्मकै सबै भन्दा बढी बुधबार १ हजार ४ सय ६२ जना निको भएर डिस्चार्ज भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५६ जना कोरोना निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भई घर फर्केका हुन्। उनले गत २४ घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए। हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।

यस्तै, गत २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको परीक्षणबाट ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्राडा डा. जागरेश्वर गौतमले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *