भारत र चीन सीमामा तनाव कम गर्न सहमत

डिसी नेपाल
१७ असार २०७७ २०:१०

काठमाडौं। गएको जून १५ मा २० जना भारतीय सैनिकको ज्यान जाने गरी भारतीय र चिनियाँ सेनाबीच भएको हिंस्रक झडपपछि उत्पन्न विवाद कम गर्न दुबै मुलुक तयार भएका छन्।

भारत र चीनको सीमा छुट्याउने लाइन अफ एक्चुअल कन्ट्रोलमा दुबैतर्फ शान्ति कायम गर्न भारत र चीन सहमत भएको चिनियाँ सरकारी समाचार पत्र ग्लोवल टाइम्सले जनाएको छ।

तर, यो सहमति के के बुँदामा भयो भन्ने विषयमा भने केही खुलाइएको छैन। तर, सीमामा तनाव बढिरहेको बेला भएको यो सहमतिले तत्काल दुई मुलुकबीच अब हिंस्रक झडप हुने सम्भावनालाई पर धकेलेको छ। यद्यपी यसअघि पनि यस्तै सहमति भएको ९ दिनपछि गलवान उपत्याकामा हिंस्रक झडप भएको हो।

ग्लोवल टाइम्सले चिनियाँ सेनाको स्रोतको हवला दिँदै पछिल्लो सहमति भएको जनाएको छ। दुई मुलुकबीच सैन्य कुटीतिक तहमा वार्ता चलिरहेको थियो। वार्तामा सहमति भए नभएको बारे भने भारतीय पक्षले केही जानकारी दिएको छैन। एशियाका दुई आणविक शक्ति सम्पन्न मुलुक युद्धमा होमिने जोखिम बढेपछि त्यसको चिन्ता नेपालमासमेत गरिएको थियो।

सीमामा विवाद बढेपछि भारतमा चिनियाँ उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको थियो। भारत सरकारले हालै ५९ वटा चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध लगाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *