प्रचण्ड–माधव समूहको भेलामा के–के भयो छलफल?

डिसी नेपाल
१७ असार २०७७ २१:३६

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किएको विवादका बीच दुई सहूमहरु आ आफ्नो रणनीति बनाउन सक्रिय भएका छन्। बुधबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले बालुवाटारमा आफू निकटका नेताहरुसँग छलफल गरे भने साँझ ललितपुरको अगेनो रेस्टुरेन्टमा ओली इतर समूहको बैठक भयो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य भीम रावलले बैठकमा केही मन्त्रीसहित करिब ३०जना सहभागी भएको जानकारी दिए। बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासमेत उपस्थित थियो। यस्तै केही मन्त्रीहरु पनि बैठकमा सहभागी रहेको रावलले जानकारी दिए। बैठकले बिहीबार बस्ने स्थायी कमिटीमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाएको छ।

बैठकबारे जानकारी दिँदै रावलले भने, ‘बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केही नेताहरुसँग छलफल गर्नु भयो, अहिले अर्को अध्यक्षले बिहानको बैठकमा सहभागी साथीहरुलाई बोलाएर के कसो हो भनेर जानकारी लिनु भएको हो।’ उनले बैठकमा भएको निश्कर्षबारे भने केही जानकारी दिएनन्। अब कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘भोली बैठकमै सबैकुरा हुन्छ, अहिले त के भन्न सकिन्छ र ?’

नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड–माधव समूहले ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गर्न माग गरेको छ। प्रचण्ड–माधव समूह एकजुट हुँदा ओली पार्टीको सचिवलाय र स्थायी कमिटीमासमेत अल्पमतमा परेका छन्। ४४ सदस्यी स्थायी कमिटीमा माधव ओली समूमा १४ जनामात्र रहेको प्रचण्ड–माधव समूहको दावी छ। नेकपाको हालको विधानमा बुहमतका आधारमा निर्णय गरेर पार्टी अध्यक्षलाई हटाउन सकिने कल्पना भने गरिएको छैन। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा महाधिवेशनसम्म दुई अध्यक्षले पार्टी चलाउने व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *