थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९

डिसी नेपाल
१८ असार २०७७ १६:३२

काठमाडौं । नेपालभर कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा गरिएको पिसीआर परीक्षणबाट ४ सय ७३ जना संक्रमित भेटिएका हुन्।

हालसम्म कोरोनाबाट संक्रमण मुक्त हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ। गत २४ घण्टामा ६ सय ६४ जना कोरोनाबाट निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

१ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुषहरु कोरोना संक्रमित भएका हुन्। २ लाख ३७ हजार ७ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

हालसम्म ३८ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् भने, १० हजार १ सय ३७ को देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ । यस्तै ३१ जनाले कोरोनाका कारण ज्यान समेत गुमाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *