करेन्ट लागेर महिलाको मृत्यु

डिसी नेपाल
१८ असार २०७७ १९:४६

दमौली । तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठको उपचारका क्रममा रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *