नेकपालाई पनि सिध्याउने प्रचण्डको चालढाल
एमाले र माओबादीको एकता प्रकृया माथिबाट तल लादिएको अवस्था थियो। पर्याप्त समय हुँदाहुँदै पनि दुई पार्टीबीच वैचारिक, राजनैतिक छ्लफल बिचार , विमर्श कहीं कतै भएन। एक प्रकारले दुई पार्टीको एकता उल्टो प्रकृयाबाट भएको भन्नु पर्दछ।
सांगठानिक पद्धति कस्तो र कुन आकार प्रकारको बनाउने कुनै बहस छलफल भएन। २०७४ असौजबाट चुनावमा कार्यगत एकता र २०७५ जेष्ठदेखि पार्टीगत एकताको काम शुरु गरेका दुई अध्यक्षहरुले पार्टी एकीकरण पश्चात् आगामी संयुक्त अधिवेशनसम्म दुई अध्यक्षात्मक प्रणाली राख्ने निधो गरेका थिए।
आउने अधिबेशनलाई समेत एकताको अधिवेशनको रुपमा बिना प्रतिस्पर्धा सहमतीय प्रणाली अपनाउनु पर्नेमा विशेष जोड प्रचण्ड कमरेडको रह्यो। पार्टी एकीकरणमा प्राप्त हुने ४० प्रतिशत संख्याले आफू जहिले पनि अल्पमतमा पर्ने डरले प्रचण्डले यस्तो प्रस्ताव राख्नमा जोड गर्नु भएको थियो।
दुवै अध्यक्षको सहमतिमा पार्टीको के कस्ता र संरचना र कति सदस्यीय कस्ता कस्ता कमिटी बनाउने भन्ने तय भए। दुवैजनाले आआफ्ना पार्टीका भागमा परेका सचिवालय ,स्थायी कमिटी र केन्द्रीय समितिमा विभाग र मन्चहरुमा छनौट गर्ने जिम्मा पाए र मनोनयन गरे।
विधान मस्यौदा निर्माणका क्रममा आगामी अधिवेशनसम्मको लागि बहुमत अल्पमतको रुपमा कुनै बिषयबस्तुलाई नलिने र कुनै पनि प्रस्ताव दुवै अध्यक्षकै सहमतिमा उत्पत्ति हुने र निर्णयको प्रमाणीकरण समेतमा दुवैको हस्ताक्षर हुनु पर्ने वैधानिक ब्यबस्था गरियो। वैचारिकरुपमा दुवै पार्टीले लिएको विचार नै महाधिवेशनसम्म कायम राख्ने र महाधिवेशनको हलले विचारको निरुपण गर्नेसमेत उल्लेख गरिएको थियो।
शक्तिको हिसावले लगभग ५ लाख पचास हजार पार्टी सदस्य १२५ जना प्रतिनिधि सभाका संसद, ३६ राष्ट्रिय सभा सदस्य र ४५ प्रतिशत स्थानीय निकायका जनप्रतिनिधि भएको एमाले थियो भने लगभग दुई लाख पचास हजार पार्टी सदस्य ५३ जना प्रतिनिधि सभाका सांसद, १४ राष्ट्रिय सभाका सांसद, १०५ स्थानीय जनप्रतिनिधि भएको नेकपा माओवादी केन्द्रका शक्ति बीच एकता हुँदा ६० र ४० प्रतिशतको भागबन्डा गरिएको जगजाहेर नै छ।
एकताको लागि दुई पार्टीको शक्तिको हिसावले बराबर शक्तिको बाँडफाँड भएको भए माओबादी पार्टीको शक्ति १३ वटा समानुपातिक सिट प्राप्त गर्ने र एमालेले ४१ वटा सिट प्राप्त गर्नाले देखिएको शक्तिको बाँडफाँड माओबादीको ३० र एमालेको करिब ७० प्रतिशतले हुन जान्छ अझ स्थानीय तहको भोट र जनप्रतिनिधिहरुको हिसाव गर्ने हो भने एमालेको ४५ प्रतिशत र माओबादीको १० प्रतिशत सिट र त्यही अनुसारकै भोटसमेत प्राप्त गरेका छन्। दुई पार्टी एकताका लागि नेकपा एमाले बढी लचकदार भएको प्रष्टै छ।
नेपालको भूभाग बिगत लामो समयदेखि भारतीय कब्जामा रहेको र बिगतका शासकहरुले नक्सासमेत हटाएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्नो भूभागलाई समेटेर नक्सा बनाउने र भारतीय फौजलाई हट्ने आदेश दिएको र अर्कोतिर अंगीकृत नागारिकतालाई ब्यबस्थित गर्न कानुन संशोधनको प्रकृया अन्तिम अवस्थामा पुर्याएको बेला ओलीको राजीनामा मागिनुमा दिेशीको चलखेल छ भन्ने उनीहरुकै बोलीचालीबाट प्रस्ट भइसकेको छ।
उता एमाले पार्टीभित्र २४ सदस्यीय स्थायी कमिटी २०१ सदस्यीय केन्द्रीय कमिटीभित्र ओली प्रस्ट बहुमतमा थिए। पार्टीमा ओली शक्तिशाली भएको र यो अवधिमा पूर्वमहासचिव माधवकुमार नेपाल नवौं महाधिवेशनका प्रतिष्पर्धी र आठौं महाधिवेशनका प्रतिष्पर्धी झलनाथ खनालमा आफूहरु कमजोर भएकोले ओली नेपालको राजनीतिमा हाबी हुने र लामो समय एकछत्र राज गर्ने चिन्ता बढ्दै गएको अनुभूति हुन थालेको थियो।
ओली अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको बैठकमा संसारको ध्यान आकृष्ट गरिरहेको बेला नेपालको संसदमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा ओलीले गरेको कामले प्रसंसा पाउँदा दुखेशो पोखेको सायद संसदको आर्काइभमा अझै भेटाउन सकिन्छ होला।
‘म पनि २२ महिना प्रधानमन्त्री भएको हुँ आफ्नो त खोइ कसैले प्रशंसा गरेन त’ भन्दै ओलीको प्रसंसाप्रति आक्रोश पोखेबाट छर्लंग हुन्छ कि ओली हाल देशको लागि काम गर्न नसकेर होइन, काम गरेकोले इष्र्याको सिकार भएका हुन्। विगतका प्रधानमन्त्रीप्रति अब जनताले औला ठड्याउने डरले ओलीको बहिर्गमनको तानाबाना बुनिरहेका छन् भन्ने ओलीलाई मात्र होइन संसारलाई थाहा छ।
आफ्ना एमालेभित्रका बरिष्ठ यस्ता नेताको चरित्र बुझेका ओलीले आफू अल्पमतमा पर्ने गरी एमालेका नेता र माओवादीको नेता जोडेर सचिवालय र स्थायी कमिटी कुनै हालतमा बनाउन चाहँदैनथे होला। दुई पार्टी एकताको संक्रमणकालीन अवस्थामा बहुमत र अल्पमतको खेलले दुई शक्तिशाली कम्युनिस्ट पार्टीबीचको एकतालाई तार्किक निष्कर्षमा पुर्याउन नसकिने भएकोले नै पार्टी बिधानमै दुई अध्यक्ष र ती दुबै नै कार्यकारी अध्यक्ष हुने ब्यबस्था गरिएको थियो।
एकीकृत भएको नेकपा अहिले शक्तिको हिसावले देशको सर्वशक्तिमान पार्टी हो। यो पार्टीभित्र हालका एमाले र माओवादीबाहेक यसअघि देशका धेरै कम्युनिष्ट पार्टीको एकताले आजको बलियो कम्युनिष्ट पार्टी भएको हो। नेकपा माओबादी जनताको शक्तिले बलियो भएको बेला कम्रेड प्रचण्डको नेतृत्वकालमा ६—७ चिरा भएर धुजाधुजा भयो।
कामरेड माधव नेपालको १५ वर्षे कार्यकालभित्र एमाले फुटेर समनान्तर माले पार्टी बन्यो। तर जब एमालेको अध्यक्ष केपी ओली भएपछि ७० वर्षदेखिको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरे भने जनताको ७० वर्षदेखिको आफ्नो संविधान आफैं बनाउने चाहनालाई ओलीले नै साकार पारे। आफ्नो कमाण्डमा देशमा कम्युनिष्ट पार्टीको एकलौटी सरकार बनाउने लक्षसमेत ओलीको नेतृत्वमा हासिल भएको छ।
आफ्नै कमाण्डमा भएको निर्वाचनमार्फत प्रधानमन्त्रीमा प्रस्तावित ओलीले साँच्चै नै देशभित्र नेकपा एमालेमात्र होइन माओबादीलाई समेत संयुक्त घोषणा पत्र दिँदै देशमा २००६ सालदेखिको ठूलो प्रजातान्त्रिक पार्टीभन्दा डबल बढी सिट जित्ने अवसर प्रदान गरे।
यतिबेला पार्टीभित्र कामरेड प्रचण्डको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएको छ। ओलीको राजीनामा मागिँदै गर्दाको बेला भने माग्नेहरुको लागि प्रतिकुल समय ठहरिने भएको छ।
नेपालको भूभाग बिगत लामो समयदेखि भारतीय कब्जामा रहेको र बिगतका शासकहरुले नक्सासमेत हटाएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्नो भूभागलाई समेटेर नक्सा बनाउने र भारतीय फौजलाई हट्ने आदेश दिएको र अर्कोतिर अंगीकृत नागारिकतालाई ब्यबस्थित गर्न कानुन संशोधनको प्रकृया अन्तिम अवस्थामा पुर्याएको बेला ओलीको राजीनामा मागिनुमा दिेशीको चलखेल छ भन्ने उनीहरुकै बोलीचालीबाट प्रस्ट भइसकेको छ।
नेकपामा पूर्व एमालेभित्र एक प्रकारको किचलो छ। माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुका गुनासा हुन सक्दछन्। ती गुनासाको समाधान वा एक आपसमा पंगा लिने काम पूर्व एमालेभित्र मात्र महाधिवेशन अघिसम्मको लागि वैधानिक र ब्यबहारिक ब्यबस्था देख्दा देख्दै प्रचण्डले अर्को अध्यक्षको राजीनामा माग्नु किमार्थ न्याय संगत छैन। दुई पार्टीबीचको एकताका बाकी काम नटुंगिएकै बेला प्रचण्डले अर्को पार्टीबाट संलग्न अध्यक्षको कसरी राजीनामा माग्ने घृष्टता गर्न सक्दछन्?
आरोप लगाउनेहरुले ओलीले दुबै पदबाट राजीनामा दिनु पर्दाको कारण प्रधानमन्त्रीले जनताको काम, विकास निर्माणका काम गरेका छैनन् भनेर राजीनामा मागेका छैनन्। अस्ति सरकारको नीति कार्यक्रम र बजेटमा सत्ता पक्षका सबै नेताहरुले बोलेको सार्वजनिक भिडियोहरुबाट प्रस्ट छ कि सरकार उनीहरुका लागि एकदम ठिक ढंगबाट अघि बढेको छ। कोरोना भाइरसबिरुद्धको लडाइ पनि बडो सुनियोजित तरिकाले लडिरहेको छ।
शान्ति सम्झौताको एकपाटो नेपाली सेना माथि आक्रमण गर्दा त्यति बेलाको बहुमतको सरकार ढाल्न जसरी प्रचण्डको कमजोरी आफैले धेरैचोटि स्वीकार गर्नु भएको छ भने फेरि स्वीकार गर्ने अवसर पनि प्राप्त नहोला। ७० वर्षदेखि बिभाजित कम्युनिष्ट आन्दोलनलाई विगार्न जति सजिलो छ बनाउन अझै कठिन बिषय हो भन्ने बुझ्नु भयो भनेमात्र पनि तपाईंबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान हुने छ। कामरेड प्रचण्ड तपाईंको चालढालले नेकपालाई सिध्याउने देखियो।
तर पनि राजीनामा केका लागि? आज भोलिका टिभी र भिडियोहरुमा देखिने ओलीका बिपक्षी गठबन्धनको आरोप छ कि ओलीले सचिवालयका नेतालाई टेरेनन्! कम्युनिस्ट पार्टीका नेताको ब्यबस्थापन गरेनन् भन्ने मात्र आरोपले नेपाली जनतासँग के सरोकार राख्दछ? आफ्ना गुटका मैले भनेका नेतालाई नराखी आफू खुशी नेता मन्त्रीमा राख्यो भन्ने आरोप छ। तथापि आरोप सत्य छैन कि मन्त्रीमा सबै शक्तिकै प्रतिनिधित्व छ। नेपाली जनतालाइ कुन गुटको कुन नेता भन्नेसंग कुनै सरोकार छैन।
ओलीले देखिने गरी यो ढाइ वर्षमा काम पनि गरेका छन्। नेपालको भूमि बिगत ४५ बर्षदेखि हराएको नक्सा फेरि जारी गराएका छन्। ६० वर्षदेखि कब्जा जमाएर बसेको भारतीय सुरक्षा फौजलाई फिर्ता पठाउने वार्ताका लागि भारत सरकारलाई औपचारिक पत्र पठाएका छन्। बिगतमा नेपाललाई गौंडा ढुकेर अप्ठ्यारो पार्ने भारतीय नाकाबन्दी अबको दिनमा कहिल्लै हुनै नसक्ने गरी उत्तरतिरबाट पनि समुन्द्रसँग कनेन्टिभिटी बढाउन सक्ने गरी चीनतिरका ५ नाकाहरुमा जोडतोडले काम अघि बढाइरहेका छन्।
कलकत्तामा रहेको ब्यापारिक बन्दरगाह अब काँकडभित्ता देखि ६४ किमि नजिक कालुघाटमा बनाउन शुरु भएको छ। दैलेखमा पेट्रोल ग्यास र नवलपरासी र तनहुमा फलाम खानीको काम अन्तिम चरणमा पुर्याइँदै छ। फास्ट ट्रयाकदेखि दुई ठूला बिमानस्थल र आधा दर्जन डोमेस्टिक बिमान्स्थलको कामअघि बढेको छ भने देशको उत्तर दक्षिण र पूर्व पश्चिम रेल लाइनका काम समेत अघि बढ्नु निश्चय पनि समृद्धि हासिल गर्नाका लागि प्रारम्भिक चरणका ओलीले गरेका काम हुन्। देशभित्र सुधार गर्नु पर्ने १४ वटा काममा विश्वका मापनयोग्य सूचकांकबाट सुधारका लक्षणहरु देखिन थालिएको बेला प्रधानमन्त्रीको राजीनामा कसलाई खुशी बनाउन मागिँदै छ?
सत्ताको लोभ सबैलाई होला तर लोभ लाग्यो भन्दैमा कुन बेला? कसरी? किन? कसको लागि? भन्ने कुरा भने प्रस्ट हुनु पर्दछ। दुईमध्ये एक अध्यक्षको नाताले प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई नसोधी केही काम भएको छैन र प्रचण्डले आजको मितिसम्म ओलीले एकलौटी गरे भन्ने सूचना कँही कसैलाई दिनु भएको छैन तर प्रचण्डले माधव नेपाल, झलनाथ खनाल बामदेव गौतमको बुई चढेर उनीहरुको महत्वाकांक्षामा खेलेर अर्को अध्यक्षलाई आक्रमण गर्नु किमार्थ राम्रो हुँदैन।
जसरी शान्ति सम्झौतामाथि कमरेड प्रचण्डले एकलौटी खेलेर जुन घाटा बेहोर्नु परेको थियो, पार्टी एकता सन्दर्भमा पनि खेल्दा त्यस्तै घाटा फेरि नहोला भन्न सकिन्न। शान्ति सम्झौताको एकपाटो नेपाली सेना माथि आक्रमण गर्दा त्यति बेलाको बहुमतको सरकार ढाल्न जसरी प्रचण्डको कमजोरी आफैले धेरैचोटि स्वीकार गर्नु भएको छ भने फेरि स्वीकार गर्ने अवसर पनि प्राप्त नहोला।
७० वर्षदेखि बिभाजित कम्युनिष्ट आन्दोलनलाई विगार्न जति सजिलो छ बनाउन अझै कठिन बिषय हो भन्ने बुझ्नु भयो भनेमात्र पनि तपाईंबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान हुने छ। कामरेड प्रचण्ड तपाईंको चालढालले नेकपालाई सिध्याउने देखियो।
Facebook Comment