वनस्पति र शिक्षा विषयक ई-कार्यशाला

डिसी नेपाल
१८ असार २०७७ ६:२८

काठमाडौँ । नेपालका प्रथम वनस्पतिविद् स्वः प्रयागराज पाण्डेको शतवार्षिकी कार्यक्रमको अवसरमा नेपालका प्रथम बोटनिष्ट प्रयाग राज पाण्डे फाउण्डेशनको “प्लाण्ट्स एण्ड एजुकेशन” विषयक दुईदिने ई–कार्यशाला सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. कमल कृष्ण जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त ई—कार्यशालामा स्वदेश तथा विदेशका वनस्पतिविद् तथा समाजशास्त्री गरी झण्डै सयजनाको सहभागिता रह्यो।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष बिमलराज पाण्डेले यो कार्यशाला शतवार्षिकी कार्यक्रमको ११ औं तथा अन्तिम ऋंखला भएको उल्लेख गर्दै स्व. प्रयागराज पाण्डे वनस्पति क्षेत्रको उत्थानका लागि उच्च शिक्षा विस्तारकका रुपमा सुपरिचित नाम हो र स्व. पाण्डेकै पहलमा नेपालमा वनस्पति विभाग र वन मन्त्रालय समेत स्थापना भएको स्मरण गरे।

युवाहरुको काँधमा नेपालको विकास सम्भव रहेको हुँदा वनस्पतिको महत्व बुझाई युवाहरुलाई यस क्षेत्रमा आकर्षण गर्नेकार्य निकै चूनौतिपूर्ण पाण्डेले ताए। ग्रामीण र शहरी सरकारी कलेज र निजी क्षेत्रका कलेजबीचको सुविधाको प्रतिस्पर्धा, गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकहरुको प्रतिवद्धताबारे अब मूल्यांकन गर्ने बेला आइसकेको पाण्डेको धारणा छ।

वनस्पतिविद् तथा वायोटेक्नोलजी विषयक अध्ययन गराउँदै आएको कान्तिपुर भ्याली कलेज कुमारी पाटी, ललितपुरका प्रिन्सिपल एवं नेपालमा उच्च मूल्य भएको धार्मिक महत्वको चन्दन काठको विकासमा योगदान दिन सफल पुष्पमान अमात्यले वनस्पति र शिक्षा विषयक कार्यपत्र प्रस्तुत गरे ।

अमात्यले वनस्पति पठनपाठनको क्षेत्रमा नेपालमा अनौपचारिक र औपचारिक शिक्षा प्रणाली भएको, मानव जीवनका लागि वनस्पतिले शुद्ध पानी, विभिन्न खालको खाना, वासस्थान, औषधि, लत्ता कपडा, धान, अन्न, फलफूल र औद्योगिक उत्पादनहरु प्रदान गर्ने र साथसाथै मानव शरिरका लागि आवश्यक पर्ने विभिन्न औषधिय गुण पाइने हुँदा पृथ्वीमा मानव जातिको सम्वद्र्धनका लागि वनस्पतिहरुको वृहत अध्ययन, अनुसन्धान तथा पठन पाठन अति आवश्यक भएको बताए।

विश्वमा वानस्पतिक अध्ययनको ईतिहास लामो भएको र यौटा पुस्ताले अर्को पुस्तालाई ज्ञान वा लिखित रुपमा हस्तान्तरण गर्दै आएको उल्लेख गर्दै हिन्दूहरुको ग्रन्थ अथर्ववेदमा विरुवाहरुलाई आठ भागमा बाँडिएको नेपालमा पहिलो पटक १८ औँ शताब्दिमा फ्रान्सिस बुचननले सन् १८०२ देखि १८०३ सम्म नेपाली महत्वपूर्ण बिरुवाहरुको संकलन सुरु गरेदेखि यसको अध्ययन सुरु भएको मानिएको छ।

वारे आलेख प सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय र सन् १९६७ मा वनस्पति विभाग स्थापना भई यस क्षेत्रको विकासमा लामो फड्को मारेको र नेपालका विभिन्न विश्वविद्यालय र त्यहाँबाट अनुवन्धित निजी क्षेत्रका कलेजहरुले वनस्पतिका विभिन्न विधाहरुमा जनशक्ति उत्पादन कार्य गरिरहेको चर्चा गरे।

फाउण्डेशनका संस्थापक अध्यक्ष एवं उक्त शतवार्षिक कार्यक्रम समारोह समितिका सह अध्यक्ष मधुसुदन बिष्टले सहजकर्ताको रुपमा धारणा राख्दै २०७६ असार १८ गते प्रारम्भ भएको शतवार्षिकी कार्यक्रम अवधिभर वनस्पतिको महत्व सम्बन्धमा नेचुरल हिष्ट्री रिसोर्सेज, मक पार्लियामेन्ट, बोटानिकल गार्डेन्स, पार्कस एण्ड होम गार्डेन्स, इकलजिकल रिसर्च इन नेचर, मेडिसिनल एण्ड एरोमेटिक प्लान्टस, इमिनेन्ट प्रोफेसनल पायोनियर्स, प्लान्ट रिसोर्सेज एण्ड इन्टरनेशनल रिलेसन्स, स्प्रिट्यूअल एओकेनिंग, प्लोरिकल्चर एण्ड अर्गानिक फार्मिङ्ग, प्लान्टस एण्ड पिपुल सहित ११ वटा कार्यशाला सम्पन्न भएको जानकारी दिए ।

यी कार्यशालाहरुमा देशका प्रबुद्ध वनस्पतिविद् एवं सामाजिक वैज्ञानिकहरुले कार्यपत्र तयारी गरी सहभागिता जनाई कार्यक्रमलाई सफल पारेको उल्लेख गर्दै उक्त शतवार्षिकी कार्यशालाबाट निस्केका निष्कर्शहरु कार्यान्वयन गरिने वचनवद्धता प्रकट गरेका छन्।

कार्यशालाले समुदायमा वनस्पतिक शिक्षा प्रदान गर्न मार्ग प्रशस्त गर्नमा सहयोग हुने, शिक्षण प्रविधि विकास र मूल्याङ्कन प्रविधिमा मद्दगार हुने, वानस्पतिक क्षेत्रसँग सम्वद्ध संस्थाहरुबारे जानकारी, वानस्पतिक क्षेत्रको वजारीकरण तथा व्यवसायिकरण, वनस्पति क्षेत्र सम्बद्ध शैक्षिक संस्थाहरुको पाठ्यक्रममा सुधार, शैक्षिक वातावरण सिर्जनाका लागि कक्षा कोठा र वाह्य कक्षा वीच समन्वय, वनस्पति संगठ्न र संस्थाहरुबीच समन्वयका लागि अन्तर सांगठनिक सहकार्य, लोपोन्मुख ज्ञान साटासाट केन्द्रको रुपमा विकास गर्न गोदावरी वनस्पति उद्यानलाई मान्यता तथा व्यक्तिगत अनुभवहरु बाँडचुँड गर्न वनस्पति क्षेत्रमा कार्यरत संस्थाहरुको पहिचान तथा प्रचार प्रसार, रोजगारी सिर्जनाका लागि वनस्पतिका नयां विषयहरुलाई सरकारद्वारा मान्यता दिइनु पर्ने, वनस्पतिविद्हरु विदेश पलायन हुनबाट रोक्ने उपायहरुको पहिचान, स्रोत सामाग्रीहरु निर्माण तथा व्यवस्थापनमा उत्साहित गरिने कार्यशालाको निचोड छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *